Kathmandu Press

वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा

वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिएको महानगरका प्रशासन विभागले जनाएकाे छ।
वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं, भदौ २१ : काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) शोक बिदा दिएको छ।

वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिएको महानगरका प्रशासन विभागले जनाएकाे छ।

काठमाडौंको धापासीमा रहेकाे ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो। अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो।

दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएपछि सघन उपचार कक्षमा भदौ १७ गते उनलाई भर्ना गरिएको थियो ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेस काठमाडौं -७ का क्षेत्रीय सभापतिकाे जिम्मेवारीमा पनि थिए। रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिंदैछ।

रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो्र। वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्