प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान थालेका हुन्। बिहीबार भएको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा परराष्ट्रमन्त्री एनपी साउदलेसो उक्त जानकारी गराएका हुन्।
काठमाडौं, भदौ २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी भदौ ३० गतेदेखि असाज ४ गतेसम्म संयुक्त राज्य अमेरिका भ्रमणमा जाने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान थालेका हुन्। बिहीबार भएको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा परराष्ट्रमन्त्री एनपी साउदलेसो उक्त जानकारी गराएका हुन्।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल रहने भएका छन्।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने छन्। सोही दिन प्रधानमन्त्री प्रचण्ड चीनतर्फ लाग्ने कार्यक्रम पनि तय भएको छ।