Kathmandu Press

प्रधानमन्त्रीले सदनलाई महत्व नदिएको एमाले सांसद पन्तको आरोप 

प्रधानमन्त्रीले सदनलाई महत्व नदिएको एमाले सांसद पन्तको आरोप 

काठमाडौं, भदाै २१ : एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले आफ्नो आसन्न चीन भ्रमणबारे सदनलाई महत्व नदिएको आरोप लगाएका छन्। 

बिहीबारको प्रतिनीधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले चीन भ्रमणबारे विभिन्न ठाउँमा भाषण गर्दै हिडेको तर सदनमा कुनै पनि जानकारी नगराएको आरोप लगाए । 

‘प्रधानमन्त्री र परराष्ट्रमन्त्री अगामी चिन भ्रमणका बारेमा सार्वजनिक रुपमा भाषणा दिदैँ हिड्नुहुन्छ। तर संसदलाई केही पनि थाहा नै छैन। हामीले प्रधानमन्त्रीको चीन भ्रमणको मिती र एजेण्डाहरु यो यो हुन सक्छ भनेर विभिन्न चर्चा र परिचर्चामा सुन्नुपर्छ,’ उनले भने ‘ प्रधानमन्त्रीलाई संसदमा आएर संसदको भावना बुझ्ने र चीन भ्रमणबारे छलफल गर्ने फुर्सद नै छैन् । यो विषयमा संसदमा प्रष्ट पार्न माग गर्न चाहान्छु।’
उनले प्रधानमन्त्रीकोे चीन भ्रमणको प्राथमिकता के हो भन्नेसमेत प्रस्ट नभएको दाबी गरे। 
 

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्