Kathmandu Press

पुराना पार्टी गलत हुन भन्ने भाष्य निर्माणको प्रयास भइरहेको छ : रमेश लेखक 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यो व्यवस्था विरुद्ध पुराना पार्टी खत्तम हो, खराब हो , केही पनि होईन भन्ने कृत्तिम भाष्य तयार गर्ने प्रयत्न बताएका हुन्। 
पुराना पार्टी गलत हुन भन्ने भाष्य निर्माणको प्रयास भइरहेको छ : रमेश लेखक 

काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध आक्रमण गर्ने प्रयास भईरहेको जिकिर गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यो व्यवस्था विरुद्ध पुराना पार्टी खत्तम हो, खराब हो , केही पनि होईन भन्ने कृत्तिम भाष्य तयार गर्ने प्रयत्न बताएका हुन्। 

‘आज यो देशमा कृत्तिम रुपले कथाकथित रुपले एउटा भाष्य तयार गर्ने प्रयास भईरहेको छ । त्यो भनेको नेपाली जनता संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थासंग सहमत छैन,’ उनले भने ‘यो व्यवस्था ल्याउनको लागि यो देशमा सबैभन्दा ठुलो क्रान्ति र राजनीतिक अभियान संचालन गर्ने सदनमा भएका  कांग्रेस, एमाले र माओवादीलगायत गणतन्त्र पक्षधर पार्टीहरुलाई पुराना पार्टी खत्तम हो खराब हो केही पनि होईन भन्ने कृत्तिम भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ।’

उनले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे।'ज्यान मार्ने गरी आक्रमण गरिएको छ, घटना सामान्य छैन, गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु आगामी प्रतिनिधिसभाको बैठकमा घटनाबारे सम्पूर्ण विवरण प्रस्तुत गर्नुपर्छ,' उनले भने।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपाली जनता सहमत छैनन भन्ने कृत्रिम भाष्य तयार गरिएको भन्दै वर्तमान व्यवस्थाबाट भाग्ने कसैलाई छुट नभएको बताए। उनले भने, 'आफ्ना फरक मतहरु, फरक धारणाहरु, आफ्ना विचार शान्तिपूर्ण ढङ्गले राख्न सकिन्छ, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ, तर आफूसँग असहमत हुने कुरा आफूसँग असहमत हुने विचारलाई निषेध गर्नका लागि खुकुरी कहिल्यै पनि विकल्प हुन सक्दैन, हत्या, हिंसा र आतङ्क कहिल्यै विकल्प हुन सक्दैन।'

 

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्