Kathmandu Press

खुकुरी हानेकाे घटनाकाे प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ र त्यसबारे सदनमा आएर जवाफ दिनुपर्छ : एमाले

खुकुरी हानेकाे घटनाकाे प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ र त्यसबारे सदनमा आएर जवाफ दिनुपर्छ : एमाले

काठमाडौं, भदौ २१ : प्रमुख प्रतिपक्षी एमालेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेता असुरक्षित भएको घटनाकाे घटनाको प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने र त्यसबारे सदनमा आएर जवाफ दिनुपर्ने माग राखे।

‘नेपाली कांग्रेसका सहमहामन्त्रीमाथिको सांघातिक हमलाप्रति एमाले भर्त्सना गर्छ। यो घटनाको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ। जवाफ दिनुपर्छ। काठमाडौं मध्यभागमा यस प्रकारले सत्तापक्षको पार्टी केन्द्रका सहमहामन्त्री, संविधान सभाको सदस्य असुरक्षित हुने जुन प्रकारको जे परिस्थिति बन्यो, सरकारले गम्भीरताका साथ यसको जवाफ दिनुपर्छ,’  उनले भने।

उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचन क्षेत्रमा जान नदिने घटना भइरहेका बेला अहिले सत्तापक्षका नेतालाई पनि निसाना लगाउन थालिएको पनि बताए। ‘यस्ता घटना देशका विभिन्न ठाउँमा भइरहेका छन्। प्रमुख प्रतिपक्षी दलको नेता आफ्नो निर्वाचन क्षेत्रमा जाँदा धावा बोलिने र आक्रमण हुने श्रृङ्खला पहिलादेखि नै चलिआएको थियो,’ उनले भने, ‘हिजो प्रतिपक्षतिर हुँदा ध्यान कम थियो होला, आज सत्तापक्षका सांसदहरूमाथि खोजीखोजी आक्रमण हुने धारिलो हतियार प्रयोग हुने। त्यसमा सरकारले निर्ममताको साथ अध्ययन गरोस्।’

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्