खुकुरी प्रहारकर्ता राप्रपामा संलग्न छैनन्, त्यस्ता व्यक्ति जाे भए पनि कारबाही हुनुपर्छ : धवलशमशेर राणा

काठमाडौं, भदौ २१ : राप्रपाका महामन्त्री धवलशमशेर जबराले कांग्रेसका सहमहामन्त्रीलाई खुकुरी प्रहार गर्ने व्यक्ति आफूहरुको पार्टीको नभएको स्पष्ट पारेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा लिएर बोलेका उनले हिंसाको राजनीतिलाई आफूहरुले कहिले पनि विश्वास नगर्ने र खुकुरी प्रहार गर्ने जाे भए पनि कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए।
‘हिजो रिपोर्टस क्लबमा एउटा व्यक्तिले मेरै आँखा अगाडि कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी हाने,’ उनले भने, ‘प्रहरीले समातेपछि नारा लगायो। नारापछि राप्रपालाई आक्षेप लगाइयो। महेन्द्रजीले बोल्दा पनि भित्रै विरोध जनाइरहेका थिए। यसमा हामी दुःख व्यक्त गर्न चाहन्छौं। हिंसाको राजनीतिमा हामी विश्वास गर्दैनौं। त्यो व्यक्ति हाम्रो पार्टीसँग संलग्न छैन। कडाभन्दा कडा कारबाही हुनैपर्छ।’
प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











