Kathmandu Press

गृहमन्त्रीलाई गगनकाे प्रश्न- काठमाडौंमा एक्लै हिँड्न नहुने हो?

गृहमन्त्रीलाई गगनकाे प्रश्न- काठमाडौंमा एक्लै हिँड्न नहुने हो?

काठमाडाैं, भदाै २१ : कांग्रेस महामन्त्री एवं सासद गगन थापाले बुधबार पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे गहिरो अनुसन्धान हुनुपर्नेमा जाेड दिएका छन्। 

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका उनले उक्त आक्रमणकाे घटनालाई थामथुम पार्ने प्यास भइरहेकाे भन्दै विराेध पनि जनाए।

‘कांग्रेस सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ। थामथुम पार्ने प्रयास हुँदैछ,' उनले भने, 'नेपाली कांग्रेसका तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ। गृहमन्त्रीलाई सोध्न चाहन्छु, काठमाडौंमा एक्लै हिँड्न नहुने हो? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ।’

उनले हिंसालाई कुनै मानेबाट प्रश्रय दिन नहुनेमा जाेड दिए। ‘काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित छैन भन्ने कुराले गृहमन्त्री र प्रधानमन्त्रीलाई छोएको छ कि छैन? 'महेन्द्र यादवले कसैलाई मन नपर्ने कुरा बोले। कसैलाई मन नपराउने बोले भन्दैमा खुकुरी हानिहाल्ने? यो संसदभित्र सबैले मनन गर्ने बेला आएको छ समाजमा असन्तुष्टि छ। हिंसालाई कुनै मानेबाट प्रश्रय दियौँ भने ठुलो मूल्य चुकाउनुपर्छ। यो घटनालाई सामान्य रुपमा लिनुहुँदैन। वैध वा जायज ठहराए नेपाली समाजले ठुलो मूल्य चुकाउनुपर्नेछ।’  

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्