‘प्रधानमन्त्रीले विदेश भ्रमणमा जाँदा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे सल्लाह लिएर जाँदा राम्रो हुन्छ’

काठमाडौं, भदौ २१ : राप्रपाका सांसद एवं महामन्त्री धवल शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेश भ्रमणमा जाँदा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे सल्लाह र सुझाव लिएर जाँदा राम्रो हुने बताएका छन् ।
समितिकाे आज बसेकाे बैठकमा उनले त्यस्ताे सुझाव दिएका हुन्। ‘प्रधानमन्त्रीले भ्रमणमा समितिको सल्लाह र सुझाव लिएर जाँदा राम्रो हुन्थ्यो,’ उनले भने, ‘अहिले चिनियाँ राजदूतले बोलेको जस्तो विषयमा अन्य मुलुकले पनि बोल्न थाले गम्भीर अवस्था आउन सक्छ।’
उनले एमसिसीमा कुनै सैन्य गन्ध आउन नहुने बताउँदै यस विषयमा कुनै दुर्घटना नहोस् भनेर परराष्ट्र सचेत हुन जरुरी रहेको बताए।बैठकमा उनले सीमा क्षेत्रमा नागरिकले दुःख पाउने क्रम बढिरहेको बताए। १०० रुपैयाँको सामानमा भन्सार खोज्दा जनताले दुःख पाएको उनको भनाइ थियाे।
प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











