Kathmandu Press

प्रधानमन्त्री युएनबाट सिधै चीन गए राम्राे सन्देश जाँदैन : प्रेम सुवाल

प्रधानमन्त्री युएनबाट सिधै चीन गए राम्राे सन्देश जाँदैन : प्रेम सुवाल

काठमाडौं, भदौ २१ : नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएनबाट सिधै चीन जान नहुने बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहालले युएनबाट नेपाल आएर चीन जाँदा राम्रो हुने सुझाव दिए। सुवाल सो समितिका सदस्य हुन्।

‘प्रधानमन्त्री युएनबाट सिधै चीन जाने कुरा मिल्दैन। बरु नेपाल आएर एक दिन बसेर जाँदा राम्रो हुन्छ,’ बैठकमा उनले भने, ‘ अमेरिकाबाट सिधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’

उनले युएनमा युक्रेन युद्धमा हतियार पठाएर शान्ति हुँदैन भनेर स्पष्ट पानुपर्नेमा जोड दिए। चुच्चे नक्साको जानकारीका लागि चीनलाई पत्र नपठाएको विषयमा तत्कालीन प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने पनि उनको भनाइ थियो।

संसदबाट चुच्चे नक्सा पारित गर्ने बेलामा हाल एमालेका अध्यक्ष रहेका केपी शर्मा ओली प्रधानमन्त्री थिए। तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय जगत्मा जानकारी गराएको दाबी गरे पनि अहिले त्यसको अभिलेख नभेटिएके बताइएको छ। 

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्