Kathmandu Press

प्रधानमन्त्रीको चीन भ्रमणका लागि एजेन्डाकाे अन्तिम रूप दिन बाँकी : परराष्ट्रमन्त्री

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (बिहीबार) बिहान बसेको बैठकमा उनले अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी रहेकाले एजेन्डालाई अन्तिम रूप दिन बाँकी रहेकाे जानकारी दिएका हुन्। 
प्रधानमन्त्रीको चीन भ्रमणका लागि एजेन्डाकाे अन्तिम रूप दिन बाँकी : परराष्ट्रमन्त्री

काठमाडौं, भदौ २१ : परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणका लागि कुनै पनि एजेन्डा अन्तिम चरणमा पुगिनसकेकाे  बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (बिहीबार) बिहान बसेको बैठकमा उनले अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी रहेकाले एजेन्डालाई अन्तिम रूप दिन बाँकी रहेकाे जानकारी दिएका हुन्। 

भ्रमणको ठुलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जान सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने तयारी भइरहेकाे उनकाे भनाइ  थियाे। प्रधानमन्त्री दाहाल आगामी अक्टुबर ४ तारिखमा न्युयोर्क जाने त्यतैबाट २३ तारिखमा चीनितर लाग्ने कार्यक्रम छ।

भ्रमणका लागि सबै मन्त्रालयका सचिव, पूर्वपरराष्ट्रमन्त्री र राजदूतहरुलाई बोलाएर भ्रमणका एजेण्डाबारे आफूले र परराष्ट्र सचिवले छलफल तथा तयारी गरिरहेको उनले जानकारी दिए। उनले विभिन्न समझदारीपत्र र सम्झौताका ड्राफ्ट तयार भरहेको जानकारी पनि दिए।

प्रकाशित मिति: १२:१० बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्