रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
सभापति देउवाले दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।
काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसका काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं.७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
स्वर्गीय रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
साथै सभापति देउवाले दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।
रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको थियो।
प्रकाशित मिति: ११:२७ बजे, बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











