Kathmandu Press

वडाध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका राष्ट्रिय सभागृहमा राखियाे

११ बजेदेखि श्रद्धाञ्जलीका लागि सभागृहमा राखिएको उनको पार्थिव शरीर दिउँसो १२ बजेसम्म त्यहाँ राखिने बताएको छ।
वडाध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका राष्ट्रिय सभागृहमा राखियाे

काठमाडौं, भदौ २१ : काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ।

११ बजेदेखि श्रद्धाञ्जलीका लागि सभागृहमा राखिएको उनको पार्थिव शरीर दिउँसो १२ बजेसम्म त्यहाँ राखिने बताएको छ। यस्तै, उनको पार्थिव शरीरलाई साढे १२ बजेदेखि साढे १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि केही सयम राखिने छ।

रिजालको पार्थिव शरीरलाई साढे २ बजे पशुपति आर्यघाटमा अन्त्येस्टी गरिने बताइएको छ।

भाइरल निमोनियाका कारण वडाध्यक्ष रिजालको आज बिहान ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो। उनी भदौ ५ दिनअघि उपचारका लागि ग्रान्डी अस्प्ताल पुगेका थिए।

कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर९७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: ११:१५ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्