टिआरसीमा दलीय सहमति जुटाउन प्रधानमन्त्रीलाई सभाममुखको आग्रह
विधेयकलाई अगाडि बढाउन प्रधानमन्त्री दाहालले गरेको आग्रहमा सभामुख घिमिरले यसमा दलहरुका बीचमा सहमति भए त्यसले सकारात्मक सन्देश दिने भन्दै पहिला दलीय सहमति जुटाउन आग्रह गरेका थिए।
काठमाडौं, भदौ २१ : सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)का सम्बन्धमा दलीय सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।
यही विधेयकलाई अगाडि बढाउने विषयमा बिहीबार प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग छलफल गरेका थिए। सोही छलफलमा सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई यस्तो सुझाव दिएका हुन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विगत विधेयक ६ महिनादेखि प्रतिनिधि सभामा विचाराधीन छ।
विधेयकलाई छिटो अगाडि बढाउन प्रधानमन्त्री दाहालले गरेको आग्रहमा सभामुख घिमिरले यसमा दलहरुका बीचमा सहमति भए त्यसले सकारात्मक सन्देश दिने भन्दै पहिला दलीय सहमति जुटाउन आग्रह गरे।
प्रकाशित मिति: ११:०८ बजे, बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











