काठमाडौं महानगर-१६ का वडाअध्यक्ष रिजालको निधन
बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता सुशील भट्टले काठमाडौं प्रेसलाई बताए ।
काठमाडौं, भदौ २१ : काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता सुशील भट्टले काठमाडौं प्रेसलाई बताए ।
डेंगु संक्रमण र निमोनिया संक्रमणले रिजाल केहि दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए । गत स्थानीय तह निर्वाचनमा रिजाल नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापति समेत हुन् ।
प्रकाशित मिति: ०८:३९ बजे, बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार