Kathmandu Press

‍प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ।
‍प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, भदौ २१ : प्रतिनिधि सभा बैठक आज बस्दैछ।

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ।

आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।

त्यस्तै प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन ९२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म’ पेश गर्ने कार्यसूची छ। 

प्रकाशित मिति: ०७:५६ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्