Kathmandu Press

सहमहामन्त्रीमाथि भएको खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

सो घटनाको पछाडि हुन सक्ने कारण पत्ता लगाउन आवश्यक गहिरो अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
सहमहामन्त्रीमाथि भएको खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं, भदौ २० : नेपाली कांग्रेसले, सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न सरकारसंग माग गरेको छ।

एक विज्ञप्ति जारी गर्दै कांग्रेसले खुकुरी प्रहारको घटनालाई गम्भीररुपमा लिएको भन्दै आक्रमण गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरेको छ। त्यस्तै सो घटनाको पछाडि हुन सक्ने कारण पत्ता लगाउन आवश्यक गहिरो अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

‘यो घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि नुवाकोट घर भएका श्यामबाबु सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए। यादवको ट्रमा सेन्टरमा आईसियूमा राखेर उपचार भइरहेको छ।

प्रकाशित मिति: २०:३० बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्