सहमहामन्त्री यादवलाई भेट्न कांग्रेस सभापति देउवा ट्रमा सेन्टरमा
रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार दिउँसो कांग्रेस समहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको थियो। घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
काठमाडौं, भदौ २० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्रमा सेन्टर पुगेर पार्टी सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझेका छन्।
रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार दिउँसो कांग्रेस समहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको थियो। घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
कांग्रेस सभापति देउवाले यादवलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएका हुन्।
आफुलाई राजावादी भनेर चिनाउने नुवाकोटका श्यामबाबु सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए । सापकोटा पक्राउ परिसकेका छन्।
कांग्रेसले विज्ञप्तिमार्फत सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख छ।
प्रकाशित मिति: १७:५० बजे, बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार