Kathmandu Press

‘पद, पैसाको पछि लागेर नेपालीले दुख पाए’

उनले नेपाली राजनीति जरामा नलागी फूल र सुगन्धको पछि लागेको टिप्पणी गरे।
‘पद, पैसाको पछि लागेर नेपालीले दुख पाए’

काठमाडौं, भदौ २० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, पद, पैसाको पछि लागेपछि नेपालीले दुख पाएको बताएका छन्।

काठमाडौंमा खेमराज गुरुङ ट्रस्टद्वारा आयोजित विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले नेपाली राजनीति जरामा नलागी फूल र सुगन्धको पछि लागेको टिप्पणी गरे।
 
‘राजनीतिमा पनि हाम्रो जरातिर ध्यान दिने होकी, हामी जरामा लाग्दाँ राणा शासन र पञ्चायत पनि हटाउँन सफल भयौ तर जब हामी फूल र सुगन्धमा लाग्यौं पद, पैसाको पछि लाग्छौ नि त्यसपछि दुख सुरु भयो,’ उनले भने, ‘हामी आफ्नो माटोमा फर्किन सक्यौ भने मात्रै विकास हुन सक्छ।’

उनले सबै श्रष्टाको योगदानका लागि आवश्यक पहल गर्ने बताए । श्रष्टाको उचित सम्मान भएमात्रै राष्ट्रको सम्मान हुने उनको भनाई छ।

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्