प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्री खड्काको स्वास्थ्य बुझ्न छाउनी अस्पतालमा
प्रधानमन्त्री प्रचण्डले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचाररत खड्कालाई बुधबार दिउँसो भेटेर स्वास्थ्यबारे जानकारी लिएका हुन्।
काठमाडौं, भदौ २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
प्रधानमन्त्री प्रचण्डले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचाररत खड्कालाई बुधबार दिउँसो भेटेर स्वास्थ्यबारे जानकारी लिएका हुन्।
उपप्रधानमन्त्री खड्का एक सातादेखि वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत छन्। उपचारमा संलग्न चिकित्सकहरूले उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी प्रधानमन्त्री दाहाललाई दिएको जनाइएको छ।
उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया भएको थियो।
प्रकाशित मिति: १७:०० बजे, बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











