मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलंक : अध्यक्ष ओली

काठमाडौं, भदौ २० : एमाले अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलंकका रूपमा रहेको बताउँदै यसविरुद्ध सचेतना जगाउन आह्वान गरेका छन्।
मानव बेचबिखनविरुद्धको १७औं राष्ट्रिय दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका हुन्।
अध्यक्ष ओलीले आफ्नो पार्टी सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाइ गरिरहेको जनाउँदै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा एमाले निष्ठापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि उचित नीति तर्जुमा गरी भरपर्दो कानुनी र संरचनात्मक आधार तय गर्न उनले आग्रह सरकारसँग आग्रह पनि गरे।
प्रकाशित मिति: १६:५४ बजे, बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











