Kathmandu Press

एमालेमा ठुलो पहिरो जाँदैछ : झलनाथ खनाल

बुधबार समाजवादी आदिवासी जनजाति काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले, अब एमालेमा ठुलो पहिलो जाने भन्दै त्यसका लागि आफ्नो पार्टीले सही बाटो लिनु पर्ने बताए।
एमालेमा ठुलो पहिरो जाँदैछ : झलनाथ खनाल

काठमाडौं, भदाै २० : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा ठुलो पहिरो जान लागेको दाबी गरेका छन्।

बुधबार समाजवादी आदिवासी जनजाति काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले अब एमालेमा ठुलो पहिलो जाने भन्दै त्यसका लागि आफ्नो पार्टीले सही बाटो लिनुपर्ने बताए।

‘अहिले हामी के कुरामा बढी मात्रामा चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग छ। विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन्,’ उनले भने, ‘तर हामीले यही मञ्जबाट तपाई हामीले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं। यो के को थालनी हो भने अब एमालेभित्र पहिरो जाँदैछ। हामीले सहि बाटो लिने हो भने केहि वर्षभित्र हाम्रो पार्टी राष्ट्रिव्यापी बन्न सक्छ।’

अहिले पनि समाजवाद ल्याउन सकिँदैन बन्ने बाटोमा लागेको भन्दै एमाले  दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप दोहोर्‍याए।  
उनले भने, ‘अहिलेको समाजवाद त ल्याउँनै सकिँदैन भन्छ एमालेले। समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन। अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हेर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन। त्यसले जबज नै लक्ष्य हो भन्छ उसले। यसरी त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो।’

प्रकाशित मिति: १६:४० बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्