Kathmandu Press

राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिर दर्शन

राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अभिरुचिपूर्वक अवलोकन गरे। उनलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराएका थिए।
राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिर दर्शन

काठमाडौं, भदौ २० : राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवं प्रसाद ग्रहण गरे।

सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अभिरुचिपूर्वक अवलोकन गरे। उनलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराएका थिए।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भिड लाग्ने गर्छ।

RS-KTM-RSS_RATL96081693997415.jpg

प्रकाशित मिति: १६:३० बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्