Kathmandu Press

सहमहामन्त्री यादवलाई खुकुरी हान्ने श्यामबाबु सापकोटा पक्राउ

सहमहामन्त्री यादवलाई खुकुरी हान्ने श्यामबाबु सापकोटा पक्राउ

काठमाडौं, भदौ २० : कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको प्रहरीले  जनाएकाे छ। आफूलाई अभियन्ता भन्ने सापकाेटाले ‘एमसिसीको मतियार’ भन्दै यादवमाथि खुकुरी प्रहार गरेकाे बताइएकाे छ।

खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लबमा उनी पूर्वमन्त्री समेत रहेका दवकै भाषण सुन्दै थिए। यादव कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले पछ्याउँदै गएर खुकुरी प्रहार गरेकाे जनाइउकाे छ।

कांग्रेस नेता यादवकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी खतरामुक्त रहेकाे चिकित्सकले बताएकाे जनाइएकाे छ।

प्रकाशित मिति: १५:५० बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्