ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ : मन्त्री श्रेष्ठ
बुधबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिटै सरकारकै नाममा दर्ता हुने जिकिर गरे।
काठमाडौं, भदाै २० : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन्।
बुधबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिटै सरकारकै नाममा दर्ता हुने जिकिर गरे।
उनले भने, ‘बालुवाटारमा ललिता निवास सरकारी जग्गा, दलाल कर्मचारी र प्रभावशाली राजनीतिक व्यक्तिहरु मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ। त्यसलाई अनुसन्धान गरेर ती व्यक्तिलाई कानुनको दायरामा ल्याउँने प्रकृया अगाडि बढाइएको छ।
छिट्टै त्यो जग्गा सरकार मातहतमा ल्याउँने ठोस पहल कदमी चालिने छ र विश्वास छ। त्यो सरकारी जग्गा छिटै सरकारकै नाममा दर्ता हुने छ।’ उनले ६० किलो सुन तस्करीको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचानगरी कानूनको दायरामा ल्याई कारबाही गरिने प्रतिवद्धता जनाए। सुन तस्करी प्रकरण अनुसन्धानरत रहेको र केहि दिन भित्रमा नै निष्कर्षमा पुग्ने उनको जिकिर छ।
उनले भने, ‘देशभित्र अवैध रुपमा जुन सुनको तस्करी भइरहेको छ। अहिले पछिको ६० किलो सुनको तस्करीलाई आधारित बनाएर त्यसका अपराधीहरुको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गर्ने गरी कानुनको दायरामा ल्याएर कारबाही गर्ने प्रक्रिया अनुसन्धानरत छ। केही दिन भित्रै निष्कर्षमा पुग्नेछ।’











