Kathmandu Press

मुस्लिम आयोगको अध्यक्षमा सिफारिश समिममिया ‘अयोग्य’ 

काठमाडौं, फागुन ७ : संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको समिममिया अन्सारीको योग्यतामा संसदीय सुनुवाइ समितिले ....

मुस्लिम आयोगको अध्यक्षमा सिफारिश समिममिया ‘अयोग्य’ 
अन्सारीको फेसबुक

काठमाडौं, फागुन ७ : संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको समिममिया अन्सारीको योग्यतामा संसदीय सुनुवाइ समितिले गम्भीर प्रश्न उठाएको छ । नेकपाका केन्द्रीय सदस्यमा बहाल रहेका उनी उक्त पदका लागि स्वतः अयोग्य हुने देखेपछि समितिले तीन दिनभित्र उनको राजनीतिक संलग्नताको विवरण निर्वाचन आयोगसँग माग गरेको हो ।  उनको नागरिकताको प्रमाणपत्रमा प्रतिलिपि निकालेर त्यसमा उमेर सच्याएको  पाइएको छ भने शैक्षिक योग्यताको प्रमाणपत्रमा पनि गम्भीर आशंका पैदा भएको छ । 

मुस्लिम आयोग ऐन २०७४ मा ‘नियुक्त हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको’ व्यक्ति मात्र आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्त हुन योग्य हुने उल्लेख छ । नेकपाको ४४५ सदस्यीय केन्द्रीय कमिटीको सूचीमा उनको नाम ३७९ नम्बरमा छ । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अन्सारीले केन्द्रीय सदस्य पदबाट राजीनामा गरेको आफूलाई जानकारी नभएको बताए । 

अन्सारीले भने काठमाडौंप्रेसलाई आफूले राजीनामा गरिसकेको बताए । उनले भने, ‘मैले पार्टीबाट राजीनामा दिइसकेको हो ।’ ‘कहिले दिनुभएको ?’ भन्ने प्रश्नमा उनले यत्ति भने, ‘यो दिन भन्ने मिति त थाहा भएन । म मिटिङमा छु । पाँच मिनेटमा फोन गर्छु ।’ फेरि फोन गर्दा उनीसँग सम्पर्क हुन सकेन । 

Hardik ivf

मुस्लिम आयोगमा सिफारिस भएका समिम मिया

राजनीतिक दलको केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिरहनुपर्छ । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि सो दलले एककिृत केन्द्रीय समितिको नाम निर्वाचन आयोगमा बुझाएको छ । कसैले राजीनामा दिएमा वा हटाएमा त्यसको जानकारी पनि निर्वाचन आयोगलाई गराएको हुनुपर्छ । केन्द्रीय सदस्यको बैधानिकताको परीक्षण गर्ने निकाय निर्वाचन आयोग भएकाले त्यहाँबाट माग गरिएको हो ।
सुनुवाई समितिको बैठकले उनको पारिवारिक विवरण समेत खुल्ने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग नागरिकताबारे विस्तृत विवरण माग गरेको छ । उनले ०५५ सालमा वडा नम्बर १९ (वसन्तपुर क्षेत्र) का स्थायी बासिन्दा भनी नागरिकता लिएका थिए । हाल उनले कामनपा–९, सिनामङ्ललाई स्थायी ठेगाना बताउने गरेका छन् । 

संसदीय समितिमा रहेको नागरिकताको प्रतिलिपिअनुसार उनको जन्ममिति २०३० साल असोज २४ गते हो तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंकाे ढड्डा (अभिलेख) मा भने उनकाे जन्ममिति २०३७ असाेज २४ रहेकाे पाइएको छ । उनले ०५५ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएका थिए । उनको नागरिकताका लागि काठमाडौं महानगरपालिकाका तत्कालीन उपमेयर विदुर मैनालीले सिफारिश गरेका थिए । त्यसमा पनि उनको स्थायी ठेगाना काठमाडौं–१९ नै रहेको छ । त्यसको प्रतिलिपि २०६४ सालमा निकालेको विवरण सुनुवाई समितिसँग छ । प्रतिलिपि निकाल्दा उमेर सात वर्ष बढाएर २०३० साल गरिएको खुल्न आएको छ । 

संवैधानिक परिषद्ले गत भदौ ५ गते गोरखापत्रमा सूचना प्रकाशित गरी योग्यता पुगेका व्यक्तिको सूची तयार पार्न एकैपटक आठ वटा संवैधानिक आयोगको पदाधिकारी नियुक्तिका लागि एक साताको म्याद दिएर दरखास्त अह्वान गरेको थियो । उक्त दरखास्त आह्वान गर्दा अन्सारीले पेश गरेको नागरिकताअनुसार पनि उमेर नै ४५ वर्ष पुगेको देखिँदैन । त्यसैले त्यसबेलाको आवेदनभित्रबाट नगरी बाहिरबाट सीधै ल्याइएको हुनसक्ने समितिका एक सदस्यले अनुमान गरे । 

समितिले उनको शैक्षिक योग्यतामा पनि आशंका व्यक्त गरेको छ । सुनुवाई समितिमा उनको स्नातक तहको मात्र प्रमाणपत्र छ । भारतको बिहार राज्यको मगध विश्वविद्यालयअन्तर्गत पटनाको एक कलेजबाट समाजशास्त्रमा सन् २००४ मा प्रथम श्रेणीमा अनर्स गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट त्यसको इक्विभ्यालेन्ट (समकक्षता) प्रमाणपत्र चाहिँ १४ वर्षपछि २०७५ साल कात्तिकका मात्र निकालेको छ । त्यो यसै नियुक्तिका लागि मात्र निकालेको हो कि भन्ने आशंका समितिको छ । 

संवैधानिक परिषद्ले एक महिनाअघि माघ ६ गते उनलाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिश गरेको हो । परिषद्ले माघ १० गते उनलाई नियुक्तिका लागि सिफारिश गरेको पत्र सुनुवाई समितिमा पठाएको हो । गत वर्ष सम्पन्न स्थानीय चुनावअघिसम्म उनी मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीका नेता थिए । चुनावको मुखमा उनी तत्कालीन नेकपा (एमाले) मा प्रवेश गरे । त्यसपछि सो पार्टीको केन्द्रीय सदस्य बने । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पनि उनी ४४५ सदस्यीय केन्द्रीय सदस्यमध्ये एक हुन् । 

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्