कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा आज यादवमाथि खुकुरी प्रहार भएको प्रहरीले पुष्टि गरेको छ।
काठमाडौं, भदौ २० : कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।
काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा आज यादवमाथि खुकुरी प्रहार भएको प्रहरीले पुष्टि गरेको छ।
उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्रेको जनाइएको छ।
यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १४:५७ बजे, बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार