सुन तस्करी प्रकरणमा सहसचिव झलकराम अधिकारीसँग बयान
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा मुछिएका थिए। सिआइवीले अधिकारीलाई कार्यालयमा बोलाएर अधिकारीसँग बयान लिएको हो।
काठमाडौं, भदौ २० : सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा मुछिएका थिए। सिआइवीले अधिकारीलाई कार्यालयमा बोलाएर अधिकारीसँग बयान लिएको हो।
सहसचिव अधिकारी सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जाल (ह्वाट्सएप) मा कुरा गरेको भेटिएपछि अनुसन्धानमा तानिएका हुन्।
उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाएर गत भदौ ७ यता गृह मन्त्रालयमा जगेडामा राखिएको छ। सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिइएको थियो।
त्यसलगत्तै मंगलवार अधिकारीसँग बयान लिइएको हो। सुन तश्करी प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन्।
प्रकाशित मिति: १४:१८ बजे, बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार