Kathmandu Press

नेपाली क्रिकेट टिमलाइ विमानस्थलमा बाजागाजासहित भव्य स्वागत

नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो। ब्याण्ड टोलीले मंगल धुन बजाएर टोलीको स्वागत गरेको थियो।
नेपाली क्रिकेट टिमलाइ विमानस्थलमा बाजागाजासहित भव्य स्वागत

काठमाडाैं, भदाै २० :  पहिलो पटक एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किने भएको छ। भर्खरै त्रिभुवन विमानस्थल आइपुगेको नेपाली टिमलाई बाजागाजासहित भव्य स्वाग गरिएको छ।

नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो। ब्याण्ड टोलीले मंगल धुन बजाएर टोलीको स्वागत गरेको थियो। नेपाल क्रिकेट स‌ंघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो । पाकिस्तानसँग नेपालले उद्घाटन खेल मुल्तानमा खेलेको थियो। एकदिवसीय क्रिकेटको नम्बर एक टिम पाकिस्तानसँग नेपालले राम्रो बलिङ प्रदर्शन गरेको थियो। सो खेलमा नेपाल २३८ रनले पराजित भएको थियो।

भारतसँग सोमबार श्रीलंकामा भएको खेलमा नेपाली खेलाडी उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए। भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैै ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको थियो। नेपालका लागि आसिफ सेख ५८ र सोमपाल कामीले ४८ रन बनाएका थिए। वर्षाले प्रभावित बनेको खेल नेपालले १० विकेटले हारेको थियो।

खेल नेपालले हारेपछि नेपाली टिमको चर्चा र प्रसंशा भएको थियो। अन्तर्राष्ट्रिय क्रिकेटका दिग्गजहरुले पनि नेपाली खेलाडी र नेपाली टिमको भविष्य उज्वल रहेको बताएका थिए।
 

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्