Kathmandu Press

परराष्ट्रमन्त्री एनपी साउदलाई संसदको छलफलका लागि डाकियो 

मन्त्री साउदसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिइने छ।
परराष्ट्रमन्त्री एनपी साउदलाई संसदको छलफलका लागि डाकियो 

काठमाडौं, भदौ २० : संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि डाकेको छ।
पछिल्ला समय उठेका विभिन्न विवादमा स्पष्ट पार्न परराष्ट्रमन्त्री साउदलाई विहीवार बस्ने समिति वैठकमा वोलाइएको हो।

मन्त्री साउदसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिइनेछ।

चीनले आफ्नो नयाँ नक्सा जारी गर्ने क्रममा नेपालले संसदबाट संसोधन गरेको नयाँ नक्सामा राखिएको भूभागलाई हटाएर आफ्नो नक्सा जारी गरेपछि चर्चाको बिषय बनेको छ। 

शनिबार चिनियाँ राजदूत छेन सोङले अर्को छिमेकी मुलुक भारतसँगको व्यापारिक सम्बन्धलाई लिएर दिएको अभिव्यक्ति फेरी विवादास्पद बनेको छ।

यी विषयमा समितिमा बोलाएर परराष्ट्र मन्त्रालयसँग जानकारी लिने तयारी गरेको हो। बिहीबार दिउँसो समितिको बैठक बस्दैछ।
 

प्रकाशित मिति: १३:४२ बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्