Kathmandu Press

तस्बिरमा श्रीकृष्ण जन्माष्टमी

ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
तस्बिरमा श्रीकृष्ण जन्माष्टमी

काठमाडाैं, भदाै २० : हिन्दु धर्मावलम्बीहरूले बुधबार भगवान् श्रीकृष्णको पूजाआराधना गरी मुलुकभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाएका छन्। श्रद्धालुहरूले आफ्ना नजिकका कृष्ण मन्दिरहरूमा गई पूजा आराधना, व्रत र भजनकीर्तन गरेका छन्। सो अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

CCK_KTM_RSS_20_IMG_77441693982459.jpeg

पर्वका अवसरमा भक्तजनले आफ्ना बालबालिकालाई कृष्ण र राधाको स्वरुपमा सिंगार्ने गरेका छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत गरी रातभर जाग्राम बस्ने प्रचलन छ।

Photo (9)1693982640.jpg

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवतगीता पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। कृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले बुधबार देशभर सार्वजनिक बिदा समेत दिएको छ।

MadhavprasadGhimire_Patan_RSS_20_20230906_0733031693982461.jpg

MadhavprasadGhimire_Patan_RSS_20_20230906_0735281693982461.jpg

Photo (5)1693982641.jpg

ds-galeshower-radhakrishnanach1693982460.jpg

Photo (10)1693982640.jpg

KrishnaNeupane_Damauli_RSS_20_image_64873271693982460.JPG

Photo (8)1693982640.jpg

CCK_KTM_RSS_20_IMG_77441693982459.jpeg

Photo (7)1693982640.jpg

DhrubsagarSharma_Galkot_RSS_20_radhakrishnakoabhinayagardaibalbalika1693982459.jpg

Photo (14)1693982639.jpg

20230906103337_IMG_96681693982458.JPG

Photo (12)1693982639.jpg

20230906103342_IMG_96701693982458.JPG

Photo (6)1693982638.jpg

MadhavprasadGhimire_Patan_RSS_20_20230906_0639271693982460.jpg

Photo (1)1693982638.jpg

Photo (3)1693982637.jpg

Photo (4)1693982637.jpg

MadhavprasadGhimire_Patan_RSS_20_20230906_0733031693982461.jpg

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्