Kathmandu Press

समाजवादी मोर्चाले तीन प्रदेशमा सन्देश सभा गर्ने

मोर्चाले भदौ २४ मा बागमती प्रदेश, भदौ २५ मा कोशी र भदौ २६ मा सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्ने भएको छ।
समाजवादी मोर्चाले तीन प्रदेशमा सन्देश सभा गर्ने
फाइल तस्बिर।

काठमाडौं, भदौ २० : समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ। मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो।

मोर्चाले भदौ २४ मा बागमती प्रदेश, भदौ २५ मा कोशी र भदौ २६ मा सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्ने भएको छ। मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ।

बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले गर्ने छ । कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र  नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्।

प्रकाशित मिति: १०:५६ बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्