Kathmandu Press

डा. चन्द्र भण्डारी र महेन्द्र रायले बालकृष्ण खाणलाई भेटे

मंगलबार सुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर उनीहरूले नेता खाणलाई भेटेका हुन्।
डा. चन्द्र भण्डारी र महेन्द्र रायले बालकृष्ण खाणलाई भेटे

काठमाडौं भदौ १९ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका छन्।

मंगलबार सुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर उनीहरूले नेता खाणलाई भेटेका हुन्। भेटका क्रममा खाणले डा. भण्डारीलाई स्वास्थ्य अवस्थाबारे सोधेको बताइएको छ।

डा. भण्डारीले भने समसामयिक राजनीतिबारे जानकारी गराउँदै स्वास्थ्य अवस्थाबारे जानकारी गराएको बताइएको छ। उनीहरुबीच आधा घण्टा बढी कुराकानी भएको थियो।

प्रकाशित मिति: १९:५३ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्