बेपत्ता र सत्यनिरुपण विधेयकमा प्रधानमन्त्री दाहालले मागे एमाले अध्यक्ष ओलीसँग सहयोग
भेटमा ओलीले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको भनाई पनि राखेका थिए।
काठमाडौं, भदौ १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा नेकपा एमालेका अध्यक्ष ओलीसँग सहयोगका लागि आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएर सहयोग मागेका हुन्। जवाफमा ओलीले सहयोगको वचन दिएको जनाइएको छ ।
भेटमा ओलीले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको भनाई पनि राखेका थिए।
प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायलाई तार्किक निश्कर्षमा पु¥याउन आफु खुला रहेको बताएका थिए । यसका लागि प्रमुख प्रतिपक्षी दलको सहयोग चाहिने भनाई प्रधानमन्त्रीले राखेको जनाइएको छ।
यसैबीच मंगलवारै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले टीआरसी सम्बन्धी विधेयकमाथि छलफल जुटाउन गठित संसदीय उपसमितिको म्याद सात दिन थप गरेको छ।











