भृकुटीमण्डपमा चल्यो महानगरको डोजर [तस्बिर]
नगरप्रहरीले मंगलबार दिउँसो भृकुटीमण्डपको गेट छेउका टहरा डोजर लगाएर हटाएको हो।![भृकुटीमण्डपमा चल्यो महानगरको डोजर [तस्बिर]](https://kathmandupress.com/uploads/posts/mahanagar1693914679.jpg)
काठमाडौं, भदौ १९ : प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
पर्यटन बोर्डको भवन नजिकै निर्माण गरिएका अनाधिकृत टहरा हटाउन महानगर प्रहरीले डोजर चलाएको हो। नगरप्रहरीले मंगलबार दिउँसो भृकुटीमण्डपको गेट छेउका टहरा डोजर लगाएर हटाएको हो।
अवैध संरचना बनाएका कारण सार्वजनिक शौचालय छोपिएको थियो। उक्त संरचना अनधिकृत रुपमा बनाइएको पाइएपछि भत्काइएको नगरप्रहरीप्रमुख राजु पाण्डेले बताए। पसलहरुको सामान हटाउन समय दिएर टहरा भत्काइएको उनले बताए।






प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











