विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादवविरुद्ध घुस मुद्दा
सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोप पुष्टी भएको बताउँदै यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
काठमाडौं, १९ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाएको अभियोगसहित सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध मंगलवार मुद्दा दायर गरेको छ।
अख्तियारको छानविनबाट सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोप पुष्टी भएको बताउँदै यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट दुई लाख नगद र तीन लाख रुपैयाँको चेकसहित गत साउन ३१ गते अख्तियार टोलीले पक्राउ गरेको थियो।
अख्तियारले अनुसन्धानका क्रममा गाउँपालिका अध्यक्ष यादवको मिलेमतो देखिएको निश्कर्ष निकालेको छ।
प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











