Kathmandu Press

चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ : सभापति देउवा

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले उनीहरुसँग सन्तुलन कायम गर्नुपर्ने बताए।
चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ : सभापति देउवा

काठमाडौं, भदौ १९ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चीन र भारतसँग सन्तुलित सम्बन्धन राख्नुपर्ने बताएका छन्। उनले नेपालले दुई छिमेमकीसँग सन्तुलन कामय गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताए।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले उनीहरुसँग सन्तुलन कायम गर्नुपर्ने बताए।

‘चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ, सन्तुलन मिलाएर अघि बढ्नुपर्छ। भारत र चीन नेपालका सधैंका छिमेकी हुन् । बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ,’ उनले भने, ‘यसमा नै हाम्रो बुद्धिमता छ । हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो।’

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्