Kathmandu Press

सुन तस्करी प्रकरणमा कपिलवस्तुबाट एक जना पक्राउ, काठमाडौँ ल्याइँदै

रुपन्देही घर भई हाल काठमाडौंको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको हाे।
सुन तस्करी प्रकरणमा कपिलवस्तुबाट एक जना पक्राउ, काठमाडौँ ल्याइँदै

काठमाडौं, भदौ १९ : हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप एक जनालाई पक्राउ गरेको छ।

रुपन्देही घर भई हाल काठमाडौंको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जनाए।

ब्यूरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौं ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उनले जनकारी दिए। यसअघि उनी भारतमा लुकेर बसिरहेका थिए।

उनका बारेमा सूचना संकलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजन लागेका बेला सिनामंगलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो।

ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्