कर्मचारी देशको स्थायी सरकार हो : डा.कोइराला
नेता कोइरालालले लामो समय निजामित ऐन नबन्दा कर्मचारीको मनोबल खस्किएको बताए।
काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निजामती कर्मचारी भनेको देशको स्थायी सरकार भएको बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता कोइरालालले कर्मचारी भनेको देशको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए।
नेता कोइरालालले लामो समय निजामित ऐन नबन्दा कर्मचारीको मनोबल खस्किएको बताए।
राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले सही स्थानमा नेपाल नभएको भन्दै उनले नेपालजस्ता वहुभाषिक, वहुजातीय देशमा जातीय द्वन्द्व हुने हो भने देश अगाडि बढ्न नसक्ने जिकीर गरे।
‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले देश ठीक स्थानमा अगाडि बढ्न सकेको छैन,’ उनले भने, ‘केही समय अगाडि भएको घटना धार्मिक युद्ध हो कि जस्तो लाग्यो तर त्यो धार्मिक युद्ध होइन, त्यसमा जातीय गन्ध मिसिएको थियो।’
उनले देशको सबैभन्दा ठूलो महानगरपालिकाको मेयर र देशको प्रधानमन्त्रीले अराजक किसीमले बोल्न नमिल्ने भन्दै यसरी देश नचल्ने बताए ।











