पूर्वउपराष्ट्रपति पुनका छाेरा दीपेशसँग सिआइवीले लियाे बयान
६० सुन तस्करी प्रकरणमा सीआईबीले पुनसँग बयान लिएको हो। सुन तस्करीमा मुछिएका व्क्तिसँग पुनको नाम समेत जोडिएपछि बयान लिइएको हो।
काठमाडौँ, भदौ १९ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसँग बयान लिएको छ ।
६० सुन तस्करी प्रकरणमा सीआईबीले पुनसँग बयान लिएको हो। सुन तस्करीमा मुछिएका व्क्तिसँग पुनको नाम समेत जोडिएपछि बयान लिइएको हो।
पुन नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत हुन्। गत साउन ३ गते हङहङबाट ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त हालसम्म प्रकरणमा २७ जना पक्राउ परिसकेका छन्।
विभागले सुन तस्करीबारे अनुसन्धान गर्न सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो। पुनलाई सिआइवीको कार्यालय बोलाएर बयान लिइएको जनाइएको छ।
प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











