नर्सिङ कलेजमा भर्नाको माग राख्दै विद्यार्थीले लगाए गोविन्द केसीविरुद्ध नारा
र्यालीमा सहभागीले ‘भ्रष्ट शिक्षामन्त्री मुर्दावाद,’ ‘गोविन्द केसी मुर्दावाद’ जस्ता आक्रामक नारासमेत लगाए।
काठमाडौ+, भदौ १९ : नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्नुपर्ने लगायतका माग राख्दै राजधानीमा विरोध र्याली निकालिएको छ।
चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिको आयोजनामा विरोध ¥याली निकालिएको हो। र्यालीमा सहभागीले ब्यानर बोकेर थाल बजाउँदै शंख–सिट्टी फुक्दै माइतीघर मण्डलाबाट नयाँ बानेश्वर हुँदै पुनः माइतीघर मण्डला फर्किएका थिए।
र्यालीमा सहभागीले ‘भ्रष्ट शिक्षामन्त्री मुर्दावाद,’ ‘गोविन्द केसी मुर्दावाद’ जस्ता आक्रामक नारासमेत लगाए। चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले १४ बुँदे माग समेत राखेको छ।
निरंकुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संसोधन गर्नुपर्ने, सिटिइभिटीको तुरुन्त पुर्नसंरचना गर्नुपर्ने, प्रि–डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको स्तरउन्नति गरी तत्काल भर्ना खोल्नुपर्ने, आयोग र सिटिइभिटीको बदनियतले बन्द भएका नर्सिङ्ग कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने लगायत माग राखेका थिए।
उनीहरूले कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको निश्चित गर्नुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने निश्चित गर्नुपर्नेलगायत मागहरु राखेका छन्।











