Kathmandu Press

बालकको मृत्युपछि कान्ति बाल अस्पतालमा आफन्तको प्रदर्शन

ज्वरो र वान्ता भएपछि ती बलकलाई सोमबार बेलुका ५ बजे कान्ति बाल अस्पताल लगिएको आफन्तले बताएका छन्।
बालकको मृत्युपछि कान्ति बाल अस्पतालमा आफन्तको प्रदर्शन

काठमाडौं, भदौ १९ : कान्ति बाल अस्पतालको लापारवाहीका कारण ६ वर्षीय मृत्यु बालकको भएको भन्दै पीडित परिवारले विरोध गरेका छन्। मकवानपुर, थाहा नगरपालिका–१० बाट अस्पताल आएका मृतका परिवारले मङ्गलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन्।

ज्वरो र वान्ता भएपछि ती बलकलाई सोमबार बेलुका ५ बजे कान्ति बाल अस्पताल लगिएको आफन्तले बताएका छन्। इमर्जेन्सी लगिए पनि बालकलाई वेवास्ता गर्दै २ घन्टा बाहिरै राख्दा उनको मृत्यु भएको परिवारले बताएका छन्।

‘बच्चालाई ज्वरो आएको र वान्ता पनि भएको थियो । गम्भीर अवस्थामा ल्याइएको बालकको अस्पतालकै कारण मृत्यु भएको छ, यस विषयलाई अस्पतालले गम्भीररुपमा लिनुपर्छ,’ बालकका हजुरबुवा कृष्ण गोपालीले भने। उनले अस्पताल प्रशासनलाई कारबाही गर्न पनि माग गरे।

अस्पतालका निर्देशक डा.पंकज रायले बालकको मृत्यु पालो कुर्दै गर्दा भएको स्वीकार गरेका छन्। बताएका छन् । उपचारमा  हेलचेक्रेई भयो भन्ने कुरा गलत उनले दाबी गरे।

 

प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्