Kathmandu Press

कांग्रेस प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्ले दिए राजीनामा

कुन्दनराज काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज बिहान भेटेर राजीनामा बुझाएका छन्।
कांग्रेस प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्ले दिए राजीनामा

मकवानपुर, भदौ १९ : बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा र्दिका छन्।

उनले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज बिहान भेटेर राजीनामा बुझाएका छन्। काफ्लेलाई प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त गरेको थियो।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका काफ्ले प्रदेशसभा सदस्यमा दोलखाको प्रदेशसभामा क्षेत्र नं १ को (१) बाट निर्वाचित भएका थिए।

काफ्लेले समाजिक सञ्जालमा दलको प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनतालाई समय दिन नसकेको महसुस गरेकाले राजीनामा दिनु परेको कुरा उल्लेख गरेका छन्।

प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्