Kathmandu Press

भारतीय मन्त्रिपरिषदले अनुमोद गर्‍यो नेपालसँगको विद्युत खरिद समझदारी

सो समझदारी मन्त्रिपरिषदबाट अनुमोदन भएपछि विद्युत खरिद अघि बढाउन बाटो खुलेको छ।
भारतीय मन्त्रिपरिषदले अनुमोद गर्‍यो नेपालसँगको विद्युत खरिद समझदारी
फाइल तस्बिर।

काठमाडौं, भदौ १९ : नेपालसँग विद्युत् खरिद गर्ने समझदारीलाई भारतीय मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठमा भएको भारत भ्रमणका क्रममा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। सो समझदारी मन्त्रिपरिषदबाट अनुमोदन भएपछि विद्युत खरिद अघि बढाउन बाटो खुलेको छ।

प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गरिने बताएका थिए।

नयाँ दिल्लीस्थित नेपाली राजदुतावासले नेपालसँग विद्युत् खरिद गर्ने समझदारीलाई भारतको मन्त्रिपरिषद्ले अनुमोदन गरेको पुष्टी गरेको छ।

 

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्