ललिता निवास जग्गा प्रकरणमा प्रतिवादीको बहस सुरु
मंगलबार सुरुवातबाटै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका प्रतिवादीको बहस चलिरहेको छ।
काठमाडौं, भदौ १९ : बालुवाटारस्थित ललिता निवास जग्गा किर्ते प्रकरणमा प्रतिवादीका तर्फबाट बहस सुरु भएको छ।
मंगलबार सुरुवातबाटै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका प्रतिवादीको बहस चलिरहेको छ।
सोमबार चिया प्रतिवादीतर्फको बहस सुरु भएको थियो। किर्ते प्रकरणमा मुछिएका १८ जना प्रतिवादीको बहस सकिएपछि थुनछेक बहस सुरु हुने भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ १० गते सरकारी छाप किर्तेमा मुद्दा चलाएको थियो। उक्त प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ।
प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











