‘मानवअधिकार आयोगको कार्यालय पुनर्निर्माणमा ढिला गर्न हुँदैन’
सोमबार मानव अधिकार अभिलेख केन्द्रको अवलोकन गर्न पुगेका ओलीले ०७२ वैशाखको महाभूकम्पमा परी क्षतिग्रस्त भएको आयोगको केन्द्रीय कार्यालयको पुननिर्माण गर्न ढिला गर्न नहुने बताएका हुन्।
काठमाडौं, भदौ १८ : एमाले अध्यक्ष केपी ओलीले मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न अब ढिला गर्न नहुने बताएका छन्।
सोमबार मानव अधिकार अभिलेख केन्द्रको अवलोकन गर्न पुगेका ओलीले ०७२ वैशाखको महाभूकम्पमा परी क्षतिग्रस्त भएको आयोगको केन्द्रीय कार्यालयको पुननिर्माण गर्न ढिला गर्न नहुने बताएका हुन्।
‘अब धेरै विलम्ब नगरिकन मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुनर्निर्माण हुनुपर्छ,’ अध्यक्ष ओलीले भने। अध्यक्ष ओलीले आयोगको केन्द्रीय कार्यालयमा अहिले भएको संरचनालाई भत्काएर,सोहि स्थानमा कार्यालयको पुर्ननिर्माण गर्नुपर्ने धारणा राखे।
त्यस्तै,उनले राष्ट्रिय मानवअधिकार आयोगले गरेको कामलाई प्रसंशा पनि गरे। उनले भने, ‘जसरी आयोगलाई संवैधानिक अंगको रुप दियौं,संविधानमै व्यवस्था गरेर र तत् सम्बन्धमा अधिकारहरु स्पस्ट गरेर त्यसको सफलतासँग आज मानवअधिकार आयोग यति सक्षम ढंगले आफ्ना उद्देश्यहरुमा सफल छ।’