Kathmandu Press

मधेश प्रदेश सांसद सिंह पक्राउ

ज्यानसम्वन्धी मुद्दाका क्रममा सोमबार दिउँसो राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मधेश प्रदेश सांसद सिंह पक्राउ

काठमाडौं, भदौ १८ : मधेश प्रदेशका प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई प्रहरीले  पक्राउ गरेको छ । सिंह सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

ज्यानसम्वन्धी मुद्दाका क्रममा सोमबार दिउँसो राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि सिंहलाई अदालतमा पेस गरिएको छ। सिंह अदालतमा मुलतवीमा रहेको ज्यान मुद्दाका आरोपी रहेको जनाइएको छ।

सिंह माओवादी नेता गोविन्द चौधरीको हत्या प्रकरणमा प्रतिवादी थिए। जिल्ला अदालत सप्तरीमा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहलाई पक्राउपछि अदालतमा उपस्थित गराइएको हो।

 

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्