Kathmandu Press

वनमन्त्री महतोकाे सय दिन : निकै महत्वपूर्ण कामहरु भएको दाबी

संरक्षित तथा प्राकृतिक सन्तुलन सहितको चुरे–तराई मधेश भू–परिधि क्षेत्रमा वातावरणीय वस्तु र सेवाको दिगो प्रवाहसहितको आर्थिक समृद्धि हासिल गर्नेलक्ष्य सहितका कामहरु आफूले गरेको मन्त्री महतोले दाबी गरे।
वनमन्त्री महतोकाे सय दिन : निकै महत्वपूर्ण कामहरु भएको दाबी

काठमाडाैं, भदाै १८ : वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले मन्त्रालयमा आफू आएपछि निकै महत्वपूर्ण कामहरु भएको दाबी गरेक छन्।

कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतोले नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाज र नियुक्ति) नियमहरु, २०८० (दोस्रो संशोधन) स्वीकृत गरी नेपाल राजपत्रमा भएको प्रकाशन भएको र उक्त संशोधनबाट वन सेवाअन्तर्गत संस्थागत हुनेगरी वातावरण समूह थप भएको र वन सेवाका पदनामाहरुमा समसामयिक सुधार गरिएको जानकारी दिए।

खनिजजन्य वन पैदावारको राजश्व दरमा देखिएको दोहोरोपना हटाउने, बिभिन्न प्रजातिका बल्लाबल्लीको राजश्व दरमा पुनरावलोकन लगायतका विषयहरु समावेश भई वन पैदावार उपयोग र व्यवस्थापनको कार्यहरुमा सरलीकरण र सहजीकरण गरिएको उहाले बताए। संरक्षित तथा प्राकृतिक सन्तुलन सहितको चुरे–तराई मधेश भू–परिधि क्षेत्रमा वातावरणीय वस्तु र सेवाको दिगो प्रवाहसहितको आर्थिक समृद्धि हासिल गर्नेलक्ष्य सहितका कामहरु आफूले गरेको मन्त्री महतोले दाबी गरे।

उहाले २०८० जेष्ठ १० देखि हालसम्म उत्साहजनक रुपमा काठ दाउरा उत्पादन भएको साथै काठ, दाउरा, जडिबुटी बिक्री तथा पर्यापर्यटन लगायतका क्षेत्रहरुबाट यस अवधिमा जम्मा २ अरव ७९ करोड ७१ हजार रुपैयाँ राजश्व संकलन भएको बताए। मन्त्री महतोले मुलुकका निकुञ्जहरुलाई मुलुकको समृद्धिसँग जोड्न नियमावली परिमार्जन गर्ने तयारी भएको उल्लेख गरे।

मन्त्री महतोले वन, वन्यजन्तु, वनस्पति र जैविक बिबिधता संरक्षण र भू तथा जलाधार संरक्षण व्यवस्थापन, वातावरण संरक्षण व्यवस्थापन र जलवायू परिवर्तन न्यूनीकरण सम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जिकिर गरे।

वन क्षेत्र, वातावरण क्षेत्र र जलवायु परिवर्तन सम्वन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकायबिच समन्वय गरी जलवायु वित्त व्यवस्थापनमा सक्रिय भुमिका खेलेको उनको भनाइ छ। 

प्रकाशित मिति: १७:०० बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्