दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्न तीनवटा ट्विनअटर जहाज खरिदकाे तयारी : मन्त्री किराती
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको र उक्त जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्ने बताए।
काठमाडाैं, भदाै १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी भएको जानकारी दिएका छन्।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको र उक्त जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्ने बताए।
हाल आन्तरिक उडानमा दुई थान ट्विनअटर भएकाले सवै दुर्गममा उडान गर्न कठिन भएकाले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। मन्त्री किरातीले भैरहवा र पोखरगरि दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा आन्तरिक विमानस्थलको भरपुर सदुपयोगका लागि पहल भइरहेको उल्लेख गरे।
उहाले ३५ सालको पुरानो पर्यटन ऐनलाई संशोधन र परिमार्जन गरी समयसापेक्ष नयाँ ऐन ल्याउन मन्त्रालयले काम गरिरहेको जानकारी दिए।
बैठकमा सांसदहरुले दवावका भरमा आन्तरिक बिमानस्थल निर्माण भएपछि सञ्चालन गर्न नसक्नु राज्यको कमजोरी भएको धारणा राखेका थिए। त्यस्तै उनीहरुले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।