Kathmandu Press

बद्री पाण्डेको संयोजकत्वमा बिपी साहित्य महोत्सव मूल तयारी आयोजक समिति

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले महोत्सव सम्पन्न गर्न सहमहामन्त्री वद्रीप्रसाद पाण्डको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी आयोजक समिति गठन गरेको जनाएको हो।
बद्री पाण्डेको संयोजकत्वमा बिपी साहित्य महोत्सव मूल तयारी आयोजक समिति

काठमाडाैं, भदाै १८ : नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा मनाउन लागेको बिपी साहित्य महोत्सवका लागि मूल तयारी आयोजक समिति गठन गरेको छ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले महोत्सव सम्पन्न गर्न सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी आयोजक समिति गठन गरेको जनाएको हो।

तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन भाद्र २४ गते विपीको साहित्य सिर्जना र जीवन दर्शन, दोश्रो दिन प्रा. आनन्द कुमार र तेश्रो दिन विपीको समाजवादमा शिक्षा बारे बहस हुने कांग्रेस सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

त्यस्तै विभिन्न विषयहरुमाथि बहस, कविता साँझ, गजल साँझ हुने उनले बताए। कांग्रेसले जननायक वीपी कोइरालाको ११०औं जन्म जयन्तीलाई बिपी साहित्य महोत्सवका रुपमा मनाउन लागेको हो।

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्