Kathmandu Press

न्यायाधीश नियुक्तिमा अब भागवण्डा हुँदैन : कानुनमन्त्री 

प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा मन्त्री गुरुङले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गरिने बताए।
न्यायाधीश नियुक्तिमा अब भागवण्डा हुँदैन : कानुनमन्त्री 

काठमाडौं, भदौ १८ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा मन्त्री गुरुङले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गरिने बताए। मन्त्री गुरुङले भने, ‘न्यायालयमा न्यायाधीश नियुक्ती न्यायोचित ढंगले गर्ने कुरा भईरहेको छ।

भागबण्डा हुँदैन। छिटो, छरितो रुपमा न्याय निरुपणका लागि सर्वोच्च अदालत आफैँले विभिन्न प्रयासहरु गरिरहेको छ। आवश्यक कानूनी तथा व्यवस्थापकीय प्रवन्धमार्फत न्याय सम्पादनलाई छिटो, छरितो बनाउनका लागि नेपाल सरकार क्रियाशील रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु।’

उनले न्याय सम्पादनमा ढिलाई हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि प्रश्ट पारे। 
 

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्